arrow

चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, फोक्सोले आफैँ काम गर्न थाल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
chandra-bhandari-gulmi-1-congress-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । ग्यास सिलिण्डर चुहिएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । 

भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीको बिहान स्थानीय समयअनुसार ९ः१५ बजेको जानकारी अनुसार डा. मुकेश मिस्राले आफ्नो काउन्सिलिङ सम्पन्न गरेका छन् । कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ ।

त्यस्तै डा. भण्डारीको फोक्सोले आफैँ काम गर्न थालेको छ। आजबाट स्वास्थ्य थप सुधारोन्मुख रहेको मुम्बईबाट माधव न्यौपानेले जानकारी गराएका छन् । 

कृत्रिम अक्सिजनको मात्रा कम गर्दै जाने तयारी भइरहेको डा. मिस्राले बताएको पनि न्यौपानेले उल्लेख गरेका छन् । 

यसअघि डा धनन्जयका अनुसार बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको बताएका थिए । 

पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा ‘डिप इन्ज्यूरी’ रहेका कारण सोचेभन्दा धेरै समय लागेको र ‘अब्जरवेसन’ पनि कम्तीमा एक–दुई घण्टा राख्नुपर्ने नियम रहेको कारण दोस्रो सर्जरी गर्न नसकिएको जानकारी डा मुकेशले बताएको पनि जनाइएको छ । 

नेता भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको र चिकित्सकको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने बताइएको छ । 

बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घट्नालगत्तै उनीहरु दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

नेता डा। भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा थप उपचारका लागि लगिएको थियो । 

नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी प्रतिशत जलन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ