arrow

सांसद डा चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
national-burns-centre-mumbai.jpg

काठमाडौं । ग्यास लिक भएर आगलागी हुँदा जलेका नेपाली कांग्रेसका सांसद डा। चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ । 

उनको आज दुईवटा शल्यक्रिया हुँदैछ । पहिलो शल्यक्रिया सफल भएको उनका पूर्व स्वकीय एवं त्रिचन्द्र क्याम्पसका लेक्चरर माधव न्यौपानेले जनाएका छन् । दुईवटा खुट्टाको शल्यक्रिया सफल भएको उनले जनाए । 

दायाँ खुट्टामा बायाँको तुलनामा गहिरो घाउ रहेको छ । दोस्रो शल्यक्रियाबारे चिकित्सकहरुबीच छलफल भइरहेको उनले बताए । स्वास्थ्य अवस्था स्थिर रहेको पनि उनले जनाए । 

गत बुधबार राति घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेका भण्डारीको ३० प्रतिशत शरीरको भाग जलेको बताइएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भएकामा हिजो बिहान चिकित्सकको टोलीले थप उपचार नेपालमा सम्भव नहुने बताएसँगै श्रीएयरलाइन्सको विमान चार्टर्ड गरेर डा। भण्डारीलाई मुम्बई लगिएको थियो । 

सो घटनामा जलेकी उनकी आमाको भने निधन भएको छ । हिजो निधन भएकी उनको आज दाहसंस्कार गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ