arrow

कांग्रेस सांसद चन्द्र भण्डारीको मुम्बईमा आज दुई वटा शल्यक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
national-burns-centre-mumbai.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीको आज शल्यक्रिया हुने भएको छ । बुधवार राति ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद अधिकारीको आज बिहान १० बजे र २ बजे मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा शल्यक्रिया हुन लागेको हो ।

बम्बईस्थित नेपाली अगुवा शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार शुरू गरिसकेको छ । उनीहरूसँगै रहेका कांग्रेस नेता योगराज कडेँल र माधव न्यौपानेले दिएको जानकारी अनुसार भण्डारीको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् । 

भण्डारीलाई हिजो दिउँसो मुम्बई लगिएको थियो । उनको ३० प्रतिशतसम्म शरीर जलेको छ । दुर्घटनामा परेकी उनकी ८६ वर्षीया आमाको भने हिजो बिहान निधन भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ