arrow

डा. चन्द्र भण्डारीलाई भेटेपछि स्वास्थ्यबारे यसो लेखिन् डा. तोसिमा कार्की ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
dr-toshima-karki.jpg
तस्बिर – फाइल ।

काठमाडौं । कीर्तिपुरस्थित बर्न अस्पतालबाट भारत लैजाने तयारी भइरहेका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. तोसिमा कार्कीले उनका बारेमा सामाजिक संजालमा लेखेकी छिन् । 

उनले डा. भण्डारीको स्वास नलीमा जलनले असर गरेको र स्वास नलीमा पाइप राखी अक्सिजन दिइएको बताएकी छिन् । उनले नर्भिक अस्पतालको चिकित्सकीय टिमसहित डा. भण्डारीलाई भारत लैजाने तयारी रहेको पनि बताएकी छिन् । 

यस्तो लेखेकी छिन् सामाजिक संजालमा डा. कार्कीले –
‘नेपाली कांग्रेसका प्रभावशाली नेता माननीय डा. चन्द्र भण्डारीलाई कीर्तिपुर बर्न अस्पतालमा भेटी, उहाँको स्वास्थ्य अवस्था बुझी उहाँसँग पनि प्रत्यक्ष थोरै कुराकानी गरेर आएको छु्र । दुवै हात खुट्टा र अनुहार गरी शरीरमा ३० प्रतिशत जति जलन भएको, मैले भेट्दासम्म हाई फ्लो अक्सिजनमा रहि कठिनाईका साथ बोल्न चाहिँ सकिरहनुभएको छ । स्वास नलीमा जलनले असर र सुन्नीन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाईप राखी (ईन्टुबेसन गरी) अक्सिजन दिँदै एयर एम्बुलेन्समार्फत नर्भिक अस्पतालको चिकित्सकीय टिमसहित मुम्बई रिफर गर्ने तयारी हुँदैछ । मुम्बईको नेसनल बर्न सेन्टर अस्पताल र चिकित्सकीय टिमसँग पनि हामी सम्पर्कमा रहनेछौँ । उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ