arrow

डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे सभामुख घिमिरेको चासो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
devraj-ghimire.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सभामुख देवराज घिमिरेले खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका छन् । 

सभामुख घिमिरेले बिहीबार बिहान कीर्तिपुर अस्पतालका प्रमुख डा. किरण नकर्मीलाई फोन गरेर सांसद् भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

आमाछोराकै कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सांसद भण्डारी र उनकी आमाको उपचारमा कमी हुन नदिन र संवेदनशील पनि सभामुख घिमिरेले अस्पतालका प्रमुख डा. नकर्मीलाई आग्रह गरेका थिए । साथै सभामुख घिमिरेले चन्द्र भण्डारी र उनकी आमाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । 

यता अस्पतालले दुवै जनाको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ । सांसद भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । 

फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सिफारिस गरेका छन् । बुद्धनगरस्थित निवासमा बुुधबार राति ग्यास सिलिण्डर विस्फोट हुँदा उनीहरु जलेर घाइते भएका हुन् । 

डा. भण्डारीलाई थप उपचारका लागि भारत लगिँदैछ । 

सांसद भण्डारीलाई श्रीएयरलायन्स चार्टर्ड गरेर भारत लैजाने तयारी पूरा, आमालाई नलगिने 

उनकी आमाको स्वास्थ्यमा सुधार हुने अवस्था नदेखिएपछि भारत नलगिने जनाइएको छ । उनको कीर्तिपुर अस्पतालमै आईसीयूमा राखेर उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ