arrow

सांसद भण्डारीलाई श्रीएयरलायन्स चार्टर्ड गरेर भारत लैजाने तयारी पूरा, आमालाई नलगिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
chandra-bhandari-aama.jpg

काठमाडौं । ग्यास सिलिण्डर विष्फोट हुँदा जलेर गम्भीर भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिँदैछ । श्रीएयरलाइन्स विमान चार्टर्ड गरेर लैजाने तयारी पूरा भएको हो । 

यसअघि एयर एम्बुलेन्स मगाएर भारत लैजाने तयारी गरिएका बेलामा एयर एम्बुलेन्स आउन ढिला हुने भएपछि श्रीएयरलाइन्स चार्टर्ड गरेर लैजान लागिएको हो । 

त्यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लागिरहेका छन् । साथै सरकारले पनि संयन्त्र प्रयोग गरिरहेको छ ।  

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनीसँगै उनकी आमा ८६ वर्षीया हरिकलालाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएकामा आमा हरिकलाको अवस्था अत्यन्तै गम्भीर भएकाले उनलाई भने यहीँ उपचार गरिने भएको छ । 

यसअघि बिहान बसेको चिकित्सकको टोलीले डा. भण्डारी र उनकी आमाको उपचार उक्त अस्पतालमा सम्भव नभएकाले थप उपचारका लागि बाहिर लैजान सुझाव दिएको थियो । उनकी आमालाईसमेत लैजाने भनिएकामा उनको अवस्था अत्यन्तै नाजुक भएकाले नलैजाने सहमति भएको बताइएको छ । 

बुद्धनगर निवासमा गएराति ग्यास सिलिण्डर विष्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा घाइते भएका थिए । चिकित्सकहरूका अनुसार सांसद भण्डारीको शरीरको करिब २५ देखि ३० प्रतिशत जलेको छ भने आमाको करिब ७० प्रतिशत भागमा असर गरेको छ । 

यही स्रोत साधनले उनीहरुको उपचार नेपालमा सम्भव नभएको चिकित्सकहरुले बताएका छन् । 

सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन् । 

उनकी आमाको अवस्था भने गम्भीर छ । यतिबेला कीर्तिपुर अस्पतालमा नेपाली कांग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । 

त्यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीसहितका नेताहरु पनि पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ