arrow

ग्यास सिलिन्डर पड्किँदा सांसद चन्द्र भण्डारी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
chandra-bhandari-gulmi-1-congress-mp-2079-2022.jpg

काठमडौं । खाना  पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी घाइते भएका छन् । गुल्मी क्षेत्र नं १ का सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका हुन् ।

काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमा–छोरा घाइते भएको स्वकीय सचिव भुवन भुसालले बताए ।

घाइतेहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशत भाग जलेको डाक्टरहरूले बताएको स्वकीय सचिव भुसालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ