arrow

राप्रपा पनि जुट्यो बैठकमा, रविका बारेमा छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
rajendra-lingden-rpp-ghosanapatra.jpg

काठमाडौं । सत्तामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्य सम्पादन समितिको बैठक डाकेको छ ।

राप्रपाले आज दिउँसो ३ बजे  केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएको हो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने नदिने बारे छलफल हुने बताइएको छ ।

हिजो राप्रपा अध्यक्ष तथा उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन प्रधानमन्त्रीलाई भेटेका थिए ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाउने बताउँदै आएका छन् ।

रविकै विषयलाई लिएर माओवादी केन्द्रले पनि आज बैठक बोलाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ