arrow

गृह मन्त्रालय

रविको टुङ्गो लगाउन माओवादी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
prachanda-ravi-2079-10-17.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।

गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिने बारेमा निर्णय गर्न आज स्थायी समिति बैठक बस्न लागेको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजे बोलाइएको छ ।

हिजोको लागि बोलाइएको बैठक नेताहरूको कार्य व्यस्तताका कारण स्थगित भएको थियो ।

गत आइतबार रविले पुनः नागरिकता लिएपछि फेरि गृह मन्त्रालय आफूले नै पाउनु पर्ने भन्दै आएका छन् ।

गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्ने सहमति हुँदा गृह मन्त्रालयले रास्वपाले पाएको थियो ।

यसअघि मंगलबार बसेको माओवादीको पदाधिकारी बैठकमा भने प्रचण्डले सर्वोच्चको पूर्ण पाठ आएपछि मात्रै रविलाई गृह मन्त्रालय दिन सकिने बताएका थिए ।

तर प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा सलीलेसमेत गृह रविलाई नै दिन दबाब दिइरहेका छन् ।

रविलाई गृह माग्दै बालुवाटारमा पुगेर प्रचण्डलाई दबाब दिँदै आएका छन् ।

हिजो मात्रै राप्रपा अध्यक्ष एवं उर्जामन्त्री राजेन्द्र लिङ्देन पनि बालुवाटार पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ