arrow

गजुरेल मुख्य सल्लाहकार भएपछि प्रचण्डको किचेन क्याबिनेटमा अन्योल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
Prachanda-loshar.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मुख्य सल्लाहकारका रूपमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेसँगै बालुवाटारमा सल्लाहकारहरूको  भीड हुन थालेको छ । 

पूर्वमन्त्री समेत रहेका गजुरेललाई मन्त्री सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्री प्रचण्डले मुख्य सल्लाहकारमा नियुक्त गरेपछि अन्य सल्लाहकार पनि नियमित रूपमा प्रधानमन्त्रीको कार्यालय र बालुवाटार पुग्ने गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले मुख्य सल्लाहकारमा नियुक्ति दिएपछि प्रधानमन्त्रीको आधाजसो अदृश्य अनौपचारिक जिम्मेवारी गजुरेलमा सरेको छ । जसले गर्दा प्रधानमन्त्री र मुख्य सल्लाहकार दुवैलाई भेट्न जानेहरूको भीडपछि विगतदेखि प्रचण्डको किचन क्याबिनेटमा रहनेलाई पिरोलो परेको छ । 

‘किचन क्याबिनेटमा भन्दा माथि मुख्य सल्लाहकार भएपछि उनलाई त्यहाँ प्रवेश दिने कि नदिने भन्ने बारेमा पिरोलो परेको हो’, माओवादीका एक नेताले भने ‘गजुरेलले प्रचण्ड बाहेक अरूलाई भाउ दिने कुरा भएन प्रचण्डको किचन क्याबिनेटमा रहेकाले गजुरेलसँग परामर्श गर्ने कि प्रचण्डसँग भन्ने अन्योल रहेको छ ।’

सरकारको नेतृत्व सम्हालेको ठिक एक महिना बितेको छ । पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यो एक महिनाको बीचमा संसद्मा असाधारण विश्वासको मत पाएका पाएपछि उनले आफ्नो किचन क्याबिनेटलाई विस्तार गर्दै हरिबोल गजुरेलसम्म आइपुगेको हो ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो परराष्ट्र सल्लाहकार, आर्थिक सल्लाहकार लगायतका अन्य केही महत्त्वपूर्ण सल्लाहकारहरूको नियुक्ति गरिसकेका छैनन् । यद्यपी उनले राइट प्लेस, राइट म्यानको खोजी गरिरहेको भनिरहेका छन् । यसमा अन्य नेताहरूको पनि रुचि रहेकाले कसलाई जागिर खुवाउने भन्नेबारेमा अझै अन्योल कायमै रहेको छ । 

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा जनयुद्धकालका जनमुक्ति सेनाका डिभिजन कमाण्डर समेत रहेका पार्टीका पोलिटब्युरो सदस्य सन्तु दरै ‘परवाना’लाई नियुक्त गरेका छन् । उनी दोस्रो संविधानसभामा सदस्य पनि थिए । त्यसवेला देखि नै उनी प्रचण्डको सचिवालय भित्रै रहेर काम गरिरहेका छन् । 

दराईपछिको मर्यादाक्रम हुने गरी स्वकीय सचिवमा प्रधानमन्त्रीले दुई जना नियुक्त गरेका छन् । पार्टीका नेता रमेश मल्ल र छोरी समेत रहेका गङ्गा दाहाललाई प्रधानमन्त्रीले स्वयिक सचिवका रूपमा नियुक्त गरेका छन् ।

मल्ल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा पनि स्वकीय सचिवको जिम्मेवारीमा रहेका थिए । गङ्गा भने प्रचण्डको सचिवालयमा प्रकाश दाहालको निधनपछि निरन्तर छिन् । मल्ल र दाहाल दुवै माओवादीको केन्द्रीय समितिमा पनि छन् । प्रधानमन्त्रीले ४ जनालाई स्वकिय सहसचिवको रूपमा नियुक्त गरेका छन् । 

त्यसमा सञ्चार विज्ञका रूपमा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य मनहरि तिमल्सिना, प्रेस संयोजकको रूपमा सूर्यकिरण शर्मा, शिव खकुरेल र गोकर्ण भट्ट नियुक्त भएका छन् । त्यस्तै फोटोको रूपमा प्रदीपराज वन्त नियुक्त भएका छन् । तिमल्सिना यस अगाडी प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि प्रकाश दाहालसँगै सचिवालयमा रहेर प्रेसकै भूमिकामा थिए । 

शर्मा भने केही समय अगाडी देखि निरन्तर प्रचण्डको प्रेस संयोजकको जिम्मेवारीमा रहेर काम गरिरहेका थिए । खकुरेलले प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा सचिवालयमा रहेर काम गरेका थिए । उनी माओवादी पार्टीको केन्द्रीय कार्यालयमा रहेर सञ्चारका र अन्य प्राविधिक विषयका काम गर्थे । भट्ट पनि यसपटक प्रधानमन्त्रीको सचिवालयमा रहेर काम गर्नेमा पुगेका छन् । उनीहरुपछि मात्रै प्रचण्डको किचन क्याविनेट गजुरेलले प्रवेश पाउनेछन् । गजुरेलसँग महान्यायाधिवक्ता दिनमणि पोखरेल र राष्ट्रिय योजना अयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ लगायतका सल्लाहकारहरुबीच मात्र छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ