काठमाडौं। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको गोलीबारीमा धेरै व्यक्ति घाइते भएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ। क्यालिफोर्नियाकाे लस एन्जलसबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरे पार्कमा शनिबार स्थानीय समय अनुसार दश बजे घटना भएको हो।
मोन्टेरी पार्कको लुनार न्यू इयर फेस्टिभलका लागि यहाँ हजारौं मानिस भेला भएका थिए।कति जनालाई गोली लागेको छ वा कसैको ज्यान गएको छ भन्ने जानकारी अहिले नै आएको छैन्।
— Traffic News Los Angeles | TNLA (@TrafficNewsLA) January 22, 2023
सामाजिक सञ्जालमा भएका भिडियोहरूले उक्त क्षेत्रमा ठूलो मात्रामा प्रहरीको उपस्थिति देखाएको छ।
चन्द्रमाको नयाँ वर्ष उत्सव एक हप्ता लामो कार्यक्रम हो जसमा दशौं हजार मानिस उपस्थित हुने गर्छन् । शनिबार राती यो कार्यक्रम ११ बजे समाप्त हुने तालिको थियो।