arrow

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ७ शनिबार
rajkumar-sharma-karnali-mukhyamantri.jpg

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले शुक्रबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौँ बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव राख्न समय दिए । उनले नेपालको संविधानको धारा १८८ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने कुराको स्पष्ट गर्न प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राखे ।

मुख्यमन्त्री शर्माले उक्त प्रस्ताव सभामा राखेसँगै तत्काल प्रदेशसभा सदस्यमा कायम रहेको ४० सदस्य सङ्ख्यामा २५ सदस्यले उनको पक्षमा विश्वासको मत दिएका थिए । जहाँ ३९ प्रदेशसभा सदस्य बैठकमा उपस्थिति थिए । १४ सदस्यले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

सभामुख गुरुङले मुख्यमन्त्रीले आफूलाई प्रदेशसभामा विश्वास छ भनी राख्नुभएको प्रस्तावमा प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्यामा २५ सदस्यले पक्षमा मत दिएको र उक्त सङ्ख्या उपस्थित सदस्यको बहुमत भएकोले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । अर्को सूचना नभएकासम्मका लागि बैठक स्थगित गरिएको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ