arrow

छायाँनाथ बसपार्कमा सवारी साधन पार्किङ

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७९ माघ ३ मंगलबार
buspark-ud.jpg

मुगु । मुगु जिल्ला स्थित छायाँनाथ रारा नगरपालिकामा निर्माणाधीन बस पार्कमा सवारी साधनहरू पार्किङ गर्न शुरु गरिएको छ ।

आइतबार छायाँनाथ रारा नगरपालिका नगरप्रमुख विष्णु कुमार भामले उद्घाटन गरेसँगै छायाँनाथ रारा नगरपालिका वडा नं १ घन्याड भन्ने स्थानमा निर्माणाधीन बसपार्कमा सवारी साधनहरू राख्न शरु गरिएको हो ।

बसपार्क निमार्णका लागी फिल्ड बनाउन श्रीनगर गाउँका ११ जना र गाँउलेहरुले आफ्नो सामुदायिक वन दशसैया पातलको खाली जमिन उपलब्ध गराएका थिए । 

तत्कालीन श्रीनगर गाउँ विकास समितिले जग्गा प्राप्तिका लागी पहल गरे पनि देश सङ्घीयतामा गएपछि छायाँनाथ रारा नगरपालिका तत्कालीन सांसद गोपाल बमको सांसद क्षेत्र विकास कोषको लगानीमा फिल्ड बनाउने, शौचालय बनाउने र नगरप्रमुख भामको सक्रियतामा जनश्रमदान गरि सफोट बाल बनाउने काम काम सम्पन्न भएसँगै निर्माणाधीन छाँयानाथ बसपार्कमा सवारी साधनहरू पाकिङ्ग गर्न शुरु गरिएको हो । 

पाकिङ्ग उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्णु कुमार भामले बसपार्कमा बजारमा सवारी साधनहरू जथाभावी पाकिङ्ग गर्दा दुर्घटना हुने,बजारको सुन्दरता हराउने,ट्राफिक नियम पालना नहुने भएकाले भौतिक संरचनाहरू नबन्दै निमार्णाधिन बसपार्कमा साना ठुला सवारी साधनहरू पाकिङ्ग गर्न शुरु हौ भने । 

हाल बसपार्कमा फिल्ड,शौचालय,सुरक्षा पोष्ट बनिसकेको र तत्काल बसपार्कमा सिसी क्यामेरा जडान गर्ने,खानेपानी जोडने,महिला पुरुष शौचालयमा पानीका व्यवस्था गर्ने,फिल्डमा आरसिसी गर्ने काम अघि बढाउने पनि नगरप्रमुख भामले बताए ।

बसपार्कका लागी चाहिने आवश्यक पूर्वादारहरू निमार्णका लागी हालको जग्गा पर्याप्त नभएकाले वरिपरिका व्यक्तिगत जग्गा अधिकरण गर्न नगर कार्यपालिकामा पहल शुरु गरिने नगर उपप्रमुख ऐश्वर्या मल्लले बताइन् ।
 
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले आफु मुगु जिल्लामा आउने बित्तिकै नगरपालिकालाई बसपार्क निर्माणमा तीव्रता दिई सञ्चालनमा ल्याउन सुझाव दिँदै आएको र बस सञ्चालनमा आएसँगै सुरक्षाको दिृष्टीकोणले आफुले कुनै कसुर बाँकी नराखी सुरक्षा व्यवस्था मिलाउने र बसपार्कमा चाहिने पूर्वाधार मध्य हाल १५ प्रतिशत मात्र काम भएकाले बाकी काम गर्न नगरपालिको बजेट पर्याप्त नहुने भएकाले प्रदेश र सङ्घ सरकारसंग नगरले समन्वय गर्नु पने सुझाव दिए ।

हालको अवस्थासम्म निर्माण गर्न नगरपालिका र सङ्घीय सरकारको १ करोड बढी बजेट खर्च भएको,यात्रु टर्मिनल भवन, पाकिङ्ग क्षेत्र, घरबार, नाला, सुरक्षाकर्मी बस्ने भवन,सार्वजनिक महिला,अपाङ्गमैत्री शौचालय बनाउन अझै बाँकी रहेको वडा नं १ का वडाध्यक्ष पद्मराज मल्लले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ