arrow

विमान दुर्घटनाबारे यतीको विज्ञप्ती- १०:५० मा अन्तिम सम्पर्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
yeti-pokhara-accident.jpg

काठमाडौं । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घनाबारे कम्पनीले एक विज्ञप्ती जारी गर्दै विवरण सार्वजनिक गरेको छ । लिएर सरकारले भोलि सोमबार माघ २ गते शोक विदा दिने निर्णय गरेको छ ।

कम्पनीले विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य रहेको बताएको छ । यात्रुमध्ये ३७ जना पुरुष, २५ महिला, ३ बच्चा र ३ शिशु रहेका थिए ।

कम्पनीका अनुसार विमानमा ५३ नेपाली, ५ भारतीय, ४ रुसी, २ कोरियन, १ अर्जेन्टिनी, १ अष्ट्रेलियाली, १ आइरिस र १ फ्रान्सेली नागरिक रहेका थिए ।

विमान अन्तिम पटक १० बजेर ५० मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्कमा रहेको थियो । कम्पनीले थप जानकारी अर्काे विज्ञप्तीमा दिने बताएको छ ।

यस्तो छ विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ