arrow

राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
rajkumar-sharma-karnali-mukhyamantri.jpg

सुर्खेत ।  कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न दलहरुलाई आह्वान गरेका थिए । सोही बमोजिम नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी सहितको समर्थनमा शर्माले मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।

कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना प्रदेशसभा सदस्य रहेका छन् । कूल ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक हुन्छ । जसअनुसार माओवादी, एमाले, राप्रपा र समाजवादी  गरी २५ सांसदको समर्थन रहेको छ । राप्रपाले एक मन्त्रालय दाबीसहित मुख्यमन्त्री समर्थन गरेको जनाइएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति अनुसार एमालेले शर्मालाई मुख्यमन्त्रीका लागि समर्थन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ