arrow

अपहरणपछि बलात्कार गर्ने दिलबहादुरलाई १२ वर्ष कैद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
nepal-police12.jpg

गलकोट । एक १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय भएको छ । 

विसं २०७८ भदौ ९ गते बालिकालाई अपहरण गरी १४ गतेसम्म विभिन्न स्थानमा पुर्‍याएर अभियुक्त थापाले बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले उक्त सजाय सुनाएको हो । 

जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले निजलाई कैद सजायसँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको  अदालतका इजालाश अधिकृत गङ्गाधर सापकोटाले बताए । 

उक्त घटनाका सम्बन्धमा पीडितका परिवारले २०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पछि प्रहरीले थापालाई भदौ २७ गते चितवनबाट पक्राउ गरी कात्तिक ७ गते जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक बनाइ जबरर्जस्ती करणी गरेको कसुरमा कारबाही अघि बढाउनका साथै पूर्पक्षका लागि अदालतको आदेशानुसार थुनामा राखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ