arrow

ट्याकटरबाट खसेर सहचालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
tractor.jpg

पाल्पा ।  पाल्पाको पूर्वखोला गाउँपालिका-३ कमेरेमा ट्याकटरबाट खसेर सहचालकको मृत्यु भएको छ । 

बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्याकटरबाट खसेर पूर्वखोला-३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
       
ट्याकटरको ट्रलीमा सवार सारु एक्कासि सडकमा खस्दा सोही ट्याकटरको बायाँतर्फको टायरले किचेर बुधवार साँझ ८:३० बजे भएको दुर्घटनामा सारुको घटनास्थलमा नै मृत्यु भएको हो । 
ट्याकटर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ