arrow

सत्ता साझेदार दलको बैठक बालुवाटारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
sattagathbandhan-government.jpg

काठमाडौं। सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी रहेका छन् । 

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम एवं सरकार विस्तार, विश्वासको मतलगायतका विषयमा छलफल हुनेछ । 

यही पुस १० दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री दाहालले यही पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ