arrow

दुई वर्षपछि ओली प्रचण्ड निवासमा, माधवसँग संयुक्त छलफल गरेर सरकारमा सहभागी गराइने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
prachanda-kp-sharma-oli.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्डसँग सरकारमा भएका मन्त्रालय बाँडफाँट मिलाउनका लागि ओली त्यहाँ पुगेका हुन् । 

एमाले र माओवादी गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेपछि सानो आकारको मन्त्रिपरिषद् गठन भएको छ । मन्त्रिपरिषद् विस्तार अरु भागबण्डाका विषयमा छलफल गर्न गठबन्धनका दुई शीर्ष नेताहरुबीच अहिले खुमलटारमा वार्ता भइरहेको छ । 

नेकपा विभाजनपछि ओली पहिलोपटक प्रचण्ड निवास पुगेका छन् । २०७७ पुस ४ मा ओली खुमलटार गएका थिए । एमाले अध्यक्ष ओलीकै प्रस्तावमा प्रधानमन्त्री बनेका प्रचण्डले मन्त्रालय बाँडफाँटको विषयमा कुराकानी गर्न खुमलटार बोलाएका हुन् । प्रधानमन्त्रीका लागि कुराकानी गर्न माओवादी अध्यक्ष प्रचण्ड पुस १० गते आइतबार बालकोट पुगेका थिए । 

यसैबीच प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादी र जसपालाई सरकारमा ल्याउने कसरत गरेका छन् । उनीहरूलाई सरकारमा ल्याउन प्रचण्ड सक्रिय भएका हुन् । 

बुधबार बिहानै प्रचण्डले माधवकुमार नेपाल र उपेन्द्र यादवसँग वार्ता गरेका छन् । ललितपुरस्थित उपेन्द्र यादवको घरमा तीन नेताबीच वार्ता भएको हो । जसपाले सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी हुने निर्णय गरेको छैन । 

मंगलबार राति एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सोमप्रसाद पाण्डेको घरमा माधवकुमार नेपालसँग वार्ता गरेका थिए । अहिले एमाले अध्यक्ष ओली र नेपालबीच भेटघाट गराएर कुराकानी गराउने पहल भैरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ