जेलमा रहेका रेशमको रिहाइ गर्ने शर्तमा प्रचण्डलाई नागरिक उन्मुक्तिको समर्थन, नछुटेसम्म सरकारमा नजाने
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
1.2k
Shares
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी नजाने भएको छ । जेलमा रहेका पार्टीका नेता रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने अध्यक्ष रन्जिता श्रेष्ठले बताएकी छिन् ।
यद्यपि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै रहने उनको भनाइ छ । रेशम चौधरीको रिहाइको पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनले आफूले सरकारलाई समर्थन गरेको पनि उनले उल्लेख गरिन् । अध्यक्ष श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन् ।