संसदीय दलको नेता चयनका लागि मनोनयन दर्ता शुरु, देउवा र गगनको उम्मेदवारी
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
749
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको लागि मनोनयन दर्ता शुरु भएको छ । सिंहदवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा मनोनयन दर्ता प्रक्रिया शुरु भएको हो । आज बिहान ११ बजेका लागि संसदीय दल चयनको लागि आमन्त्रण गरिएको थियो ।
दलका नेताका लागि महामन्त्री गगनकुमार थापा र पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।