arrow

अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु गलत – डा. शेखर कोइराला 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
shekhar-koirala1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशमार्फत कानून संशोधन गरी अदातलले दोषी ठहर्याएकालाई माफी लिने प्रयास गरिनु गलत भएको बताएका छन् । 

अदालतले दोषी ठहर्याएर जेल सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले अध्यादेशमार्फत कानून संशोधन गरेपछि डा. कोइरालाले उक्त कदमको विरोध गर्दै यसो गरिनु कानूनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको बताएका छन् । 

उनले आफू अनुकुलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई नभएको भन्दै यसले भोलिका दिनमा गलत नजिर बस्न जाने पनि बताएका छन् । 

यस्तो लेखेका छन् डा. कोइरालाले सामाजिक संजालमा 
‘अध्यादेशमार्फत कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानूनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकुलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई छैन । भोलि यसले गलत नजिर बस्न जान्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ