स्याङ्जामा एमालेकी अर्यालको सुरुवाती अग्रता, कांग्रेस उपसभापति गुरुङ दोस्रोमा
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
995
Shares
काठमाडौं । स्याङ्जा क्षेत्र नं २ मा एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्यालको सुरुवाती अग्रता रहेको छ । एमालेकी उम्मेदवार अर्याल २ हजार ६४८ मत पाएकी छन् ।
कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ २ हजार ३७८ मतको साथ दोस्रो स्थानमा छन् । गुरुङ अर्याल भन्दा २७० मतले पछाडि रहेका छन् ।
स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको थियो । निर्वाचन सकिएको १० दिनपछि बुधवार रातिबाट मतगणना थालिएको छ ।