arrow

चौथो पटक जिते जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
chitra-bahadur-kc-new.jpg

बागलुङ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा (एमाले)का सूर्य पाठकलाई पराजित गरेका छन् । 

केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए । एमालेका पाठकले १८ हजार आठ सय २५ र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार एक सय ८१ मत प्राप्त गरेका छन् । 

उमेरले ८० वर्ष पुगेका केसीको राजनीतिक जीवनमा धेरै उतारचढाल रह्यो । विसं २०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित भएका केसी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका थिए । केसीको यो चौथो पटकको संसद यात्रा हो ।

विसं २०५१ सालको आम निर्वाचनमा केसी बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभाको सदस्यको उमेदवार भए पनि उन पराजित भए । त्यसपछि २०५६ सालको संसदीय निर्वाचनमा उन यही क्षेत्रबाट संसद चुनिए । 

तत्कालीन समयमा उनले नेपाली कांग्रेसका गोपाल सापकोटालाई पराजित गरेका थिए । विसं २०६४ को संविधानसभा सदस्यमा केसीले नेपाली कांग्रेसका मणिभद्र शर्मा कँडेललाई पराजित गरेर निर्वाचित भएको थियो । केसीले २०७४ सालमा भने चुनाव लडेनन् । 

 केसी २०७२ साल कात्तिक १९ मा ७५ वर्षको उमेरमा उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री बनेका थिए । राजनीतिक भाषण तथा अन्तर्वार्तामा उखान टुक्का मिसाएर बोल्ने उनको शैली मन पराउनेको सङ्ख्या धेरै छ । 

केसीले राजनीतिक यात्रामा १९ वर्ष भूमिगत जीवन बिताएका छन् । उनले ९ महिना जेल जीवन बिताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ