समानुपातिकमा एमालेलाई अग्रता, दोस्रोमा झर्यो कांग्रेस, प्रदेशमा पनि एमाले नै अगाडि
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
1.2k
Shares
काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । हिजोसम्म नेपाली कांग्रेसले अग्रता लिएकामा आजबाट एमाले अगाडि लागेको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६३ हजार २९३ मत पाएको छ । दोस्रो स्थानमा झरेको कांग्रेसले ५६ हजार ३०६ मत ल्याएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी २८ हजार ५२ मतसहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्रले २४ हजार ५२७ मतसहित चौथो स्थान ओगटेको छ ।
राप्रपा १४ हजार १७४ मतसहित पाँचौं, जसपा ४ हजार ६८० मतसहित छैटौं तथा जनमत पार्टी ४ हजार ६०१ मतसहित सातौं स्थानमा छ ।
प्रदेशतर्फ प्रदेश १ मा एमाले, मधेस प्रदेशमा जनमत, बागमतीमा कांग्रेस, गण्डकीमा एमाले, लुम्बिनीमा एमाले अगाडि छ । कर्णाली र सुदूरपश्चिमको तथ्यांक आइसकेको छैन ।