arrow

गठबन्धनका उम्मेद्वार जिताउन यसरी दिए कांग्रेस प्रवक्ता डा महतले निर्देशन

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
prakash-sharan-mahat-2079-07-21.jpg

रौतहट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस नेतृत्वको गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताएका छन् । रौतहट क्षेत्र नम्बर ४ को चन्द्रपुर ४ र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा विजय हासिल गरेर कांग्रेससका उम्मेदवार देवप्रसाद तिमल्सिनाले कांग्रेसको साख जोगाएको स्मरण गर्दै पुनः तिमल्सिनालाईनै संघमा विजयी गराउन पार्टीका सबै तह र तप्का लागिपर्नु पर्ने बताए । 

नेता महतले तिमल्सिना पुनः निर्वाचित भएमा रौतहटले मन्त्रालय पाउने सम्भावना बढ्ने बताउँदै दायाँ बायाँ नगरी मतदान गर्न निर्देशनसमेत दिए । नेता महतले गठबन्धनका अर्का उम्मेदवार माओवादी केन्द्रका युवराज भट्टराई समिरलाई प्रदेशसभा ‘क’ मा मतदान गर्दै विजयी गराउन कार्यकर्तालाई निर्देशन दिँदै अबको सरकार गठबन्धनकै बन्नेमा विश्वस्त रहन गठबन्धनका उम्मेदवार र कार्यकर्तालाई आग्रह गरे । 

नेता महतले नेकपाले आफ्नै पार्टीलाई पनि जोडेर राख्न नसकेकाले देशलाई नै जोडेर राख्न सक्ने कांग्रेसको नेतृत्व जनताले चाहेको बताए । उनले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानद्वारा प्राप्त सबै उपलब्धिको रक्षा गर्ने र आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधानमार्फत अघि बढ्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ