arrow

केपी ओलीलाई झुटको खेती बन्द गर्न रमेश लेखकको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
ramesh-lekhak-2079-07-19.jpg

कञ्चनपुर । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किएको आरोप लगाएका छन् । शुक्रबार महेन्द्रनगरमा नेकपा एमालेद्धारा आयोजित चुनावी सभामा ओलीले महाकाली नदीमा निर्माण भएको पुल आफूले बनाएको दाबी गर्दै भाषण गरेका थिए ।

अध्यक्ष ओली जस्तो मुलुकको ठूलो नेताले झुट बोलेको भन्दै शनिबार चुनावी घरदैलोमा रहेका क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेता लेखकले ओलीले पुल बनाए भन्दा आफू खुशी भएको भन्दै व्यङ्ग्य गरे ।

भीमदत्त नगरपालिका–१५ मा घरदैलोका क्रममा नेता लेखकले आफू भौतिक पूर्वाधार मन्त्री हुँदा साढे चार अर्ब बजेट ल्याएर बनाएको पुललाई ओलीले श्रय लिन खोजेर झुटको खेती गरेको आरोप लगाए ।

“ माओवादीका साथीहरुले बरु हामीले पुल बनायौं भन्दा त्यो बेला प्रधानमन्त्री प्रचण्ड थिए, त्यो सत्य कुरा हो ।” उनले भने– “एमालेको मन्त्रीसम्म नभएका बेला ओलीले कहाँबाट पुल बनाए रु”

 यति ठूलो नेताले झुट बोल्दा आफूले यहाँ पुल निर्माण गरेर ठूलै काम गरेको रहेछु भन्ने चित्त बुझाइले खुशी भएको लेखकको भनाइ छ ।

“मैले ठूलो काम गरेको रहेछु भनेर ओलीको झुटपछि म खुशी भएँ ।” उनले भने– “भारतबाट रेल, चीनबाट रेल देशभर रेलैरेल कुँदाउने ओलीका गफ मात्रै भएँ ।”

उनले सक्ने काम गर्ने आश्वासन दिन ओलीलाई सुझाव दिँदै झुट नबोल्न आग्रह गरे । यहाँ ओली सरकारमा नगरपालिकामा ५०–५२ करोडको घोटाला भएको भन्दै लेखकले त्यो क्लियर गर्न आग्रहसमेत गरे ।

“जै घरको बुढो बौलियो, कुडो बौलियो, जसको घरमा मुली नै झुट बोल्छ उसको घरका अरु साँची बोल्न र” उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ