arrow

एक सय बढी नेपाली कामदार साउदीमा अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
saudi-arabia-final.jpeg
तस्बिर – फाइल ।

जुम्ला । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक सयभन्दा बढी नेपाली अलपत्र परेका छन् ।  काठमाडौंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीको रफैया पुगेका दुई जुम्लाका नागरिकसहित उनीहरू अलपत्र परेका हुन् ।

अलपत्र परेका जुम्ला तातोपानी गाउँपालिका ८ का अशोक बुढाथोकी र चन्दननाथ नगरपालिका २ का लोकबहादुर भण्डारीका अनुसार उनीहरूसहित ४६ जना एकै कम्पनीमा काम गर्दै आएका थिए ।  साउदीको लदवा कोल्टी फर्मले ६ महिना मात्रै कामको पैसा दिएको अशोकले टोलिफोनमा जानकारी दिए । उनका अनुसार त्यसपछि यहाँ काम गर्ने अबधि सकिएको भन्दै सबै जनालाई पाँच सय मिटर टाढाको अर्को कम्पनीमा पठाएको थियो । 

साउदीको २२ नम्बर गल्लीमा रहेको अवैध कम्पनीले तीन महिनासम्म पारिश्रमिकविनै काममा लगाएको  बुढाथोकी बताउँछन । उनले भने, ‘त्यो कम्पनीसँग तीन महिना काम गरेको पारिश्रमिक माग्दा बन्दुक तेर्साएर कुटपिट गर्यो ।’ 

कुटपीटपछि  तीन जनालाई प्रहरीको भ्यानमा राखेर  हिरासतमा लिन लागेको थियो । त्यहा काम गर्ने ४६ जना नेपाली कामदार एक जुट भएर सबैलाई लैजान भनेपछि कुटपीट गरी लखेटेको थियो । उनीहरु सबै रफैयास्थित नेपालीले खोलेको एक होटलमा छन् । बुढाथोकीका अनुसार सबैको पासपोर्ट खोसेर त्यही कम्पनीले राखेको छ ।

अलपत्र रहेकाहरूले प्रहरी प्रशासन पनि कम्पनीसँग मिलेको आरोप लगाएका छन् । बुढाथोकीले भने, ‘म बस्ने ठाउँमा कुनै अस्पताल छैन कुटपिटपछि छाती दुखिरहेको छ । घटना भएको ठउँबाट अहिले तीन सय किलोमिटर टाढा बसेका छौँ ।’

जुम्लाकै लोकबहादुर भण्डारीको समेत कुटपिटबाट दाँत भाँचिएको उनले बताए । उनले भने, ‘आफूसँग पैसा नहुँदा घरबाट २० हजार खोजेर हालिदिन अनुरोध गरेको छु । पैसा पाएपछि राजदुतावास गएर टिटी फर्म भर्छु ।’

उनकी श्रीमती चन्द्रकला पुनले श्रीमानलाई राकमका गेठाना भन्ने रमेश पाण्डे र मेनपावरको प्रतिनिधि प्रकाश बलले विदेश पठाएका हुन् । उनले भनिन्, ‘अहिले दुवै जनाले फोन उठाउँदैनन् । पैसा खाए । राम्रो ठाउँमा पठाइदिने भनेकाले प्रलोभवनमा पारियो । अहिले सास्ती खेप्नुपरेको  छ ।

उनीहरूलाई काठमाडौंको जेभी ओभरसिज म्यानपावर कम्पनीका एजेन्टले जनही दुई लाख ६० हजार  रुपैयाँ लिएर गत ११ फागुनमा साउदी पठाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ