arrow

चित्रबहादुर केसीको क्षेत्रमा सात जनाको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
chitra-bahadur-kc-2079.jpg

बागलुङ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि बागलुङ-१ मा सात जनाको उम्मेदवारी परेको छ । 

सत्तारूढ गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (एमाले)बाट सूर्यप्रसाद पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (बीपी)बाट शिवलाल सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेलले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

कृष्णशङ्कर श्रेष्ठ र चन्द्रबहादुर क्षत्रीले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्य पदका लागि बागलुङ-१ (क) मा पाँच जनाको उम्मेदवारी परेको छ । 

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा, नेकपा (एमाले)का हिराबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्ररूपमा दीपेन्द्र हमालले उम्मेदवारी दर्ता गराएका छन् । 

बागलुङ-१ (ख) मा चार जनाको उम्मेदवारी परेको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराम सुवेदी, नेकपा (एमाले)बाट नवराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ