arrow

कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
jeewan-bahadur-shahi-2-ministers.jpg

सुर्खेत । कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलले उनीहरुलाई राजीनामा दिन आग्रह गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनानामा बुझाएका हुन् । 

राजीनामा पत्र बुझेलगत्तै मुख्त्री शाहीले स्वीकृतसमेत गरिसकेका छन् । सोमबार नयाँ मन्त्रीहरु नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ