arrow

प्रचण्डलाई अघि लगाएर बाबुराम आयोग जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
baburam-bhattrai-jpg.jpg.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग पुग्दै छन्।

प्रचण्ड र डा. भट्टराईबीच करिब ६ वर्षपछि एउटै चुनाव चिन्ह (गोलाकार भित्रको हँसिया हथौडा) मा चुनाव लड्ने सहमति भएपछि आज आयोग जाने भएका हुन् । 

माओवादी केन्द्रले आइतबार दल दर्ता गराएको थियो । तर, डा. भट्टराई पनि यही चिन्हमा जाने सहमति भएपछि आज प्रचण्ड फेरी आयोग पुग्ने भएका छन् । 

उपेन्द्र यादवको जनता समाजवादी पार्टी जसपाले कारबाही गरेपछि बाबुराम माओवादी केन्द्रसँग सहकार्य गर्न राजी भएका थिए । 

डा. भट्टराईले माओवादीबाट २०६४ सालको संविधान सभाको चुनावमा गोरखा क्षेत्र नम्बर-२, २०७० सालमा गोरखा क्षेत्र नम्बर-१ बाट चुनाव जितेका थिए । साथै २०७३ सालमा नयाँ शक्ति पार्टी गठन गरेर २०७४ को प्रतिनिधिसभा चुनावमा ‘आँखा’ निर्वाचन चिन्हबाट चुनाव जितेका थिए । 

माओवादी पार्टी छाडेपछि विभिन्न प्रकारको प्रयोग गर्न खोजे पनि भट्टराई सफल हुन सकेनन् । माओवादी केन्द्र परित्याग गरेपछि भट्टराईले नयाँ शक्ति पार्टीको घोषणा गरे । त्यसपछि उपेन्द्र यादव तथा अशोक राईसँग मिलेर समाजवादी पार्टी नेपाल बनाए । 

समाजवादीपछि जनता समाजवादी पार्टी जसपा हुँदै नेपाल समाजवादी पार्टी (नेसपा) पुगेका बाबुराम अन्ततः माओवादीकै चुनाव चिह्नमा उम्मेदवार हुन तयार भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ