arrow

सुब्बादेखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
karmachari-madira.jpg

सुर्खेत । जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् । बेलुका ७ बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिकसहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका हुन् । 

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ । 

कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए । सरकारी कार्यालय भित्र मदिरा सेवन गर्नु कस्तो गैरजिम्मेरीपन ? भन्दै नेकपा भेरी नगर कमिटी इन्चार्ज विराजन शाहीले कारबाहीको माग गरेको बताए ।

यस बारेमा बुझ्न खोज्दा आफ्नै क्वार्टरको बाहिर साथीभाइ बसिरहेको कार्यालय प्रमुख धितालको भनाइ छ । तर प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आवश्यक कारवाही गरिने बताए ।

उनले भने, ‘भोलि बिहान छलफलका लागि बोलाएका छौं आवश्यक कारबाही हुन्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ