arrow

जुम्लाको बुलबुलेमा जीप दुर्घटना, एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
jeep accident.jpg

खलङ्गा । सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जीप जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका-१ बुलबुलेमा आज विहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका-२ का २५ वर्षीय दीपक तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । 

उनले जीपको बे्रक फेल भएर दुर्घटना भएको हुनसक्ने बताए । जीप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ । जीपमा अन्य पाँच जना यात्रु सवार थिए । अन्य सकुशल रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ