arrow

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
apf-promotion-batch-2079.jpg

काठमाडौं । सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका १३ जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा एक कार्यक्रमकाबीच पदोन्नति भएका अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

सोही अवसरमा महानिरीक्षक अर्यालले पदोन्नति भएका अधिकृतहरुलाईहार्दिक बधाई दिँदै आगामी दिनहरुमा कार्यसफलताको शुभकामनासमेत व्यक्त गरेका छन् । उनले पदोन्नतिसँगै प्राप्त भएको जिम्मेवारी र ट्रेड अनुसारको कार्यसम्पादनमा आर्थिक अनुशासनमा रही जिम्मेवारी निर्वाहमा लाग्न निर्देशन दिँदै संगठनमा आवद्ध कर्मचारीहरुको वृत्तिविकास र उन्नतिको लागि संगठनले हर सम्भव प्रयास गरिरहेको बताए । 

गृह मन्त्रालय सचिवस्तरको असार १३ र साउन १० गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह अन्तर्गत साधारण, कानून, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा र प्राविधिक समूह, अन्तर्गत स्वास्थ्य उपसमूहतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा तथा सचिवस्तरकै असार २४ गतेको निर्णयले साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरे । 

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ