arrow

न्यायालयमा कलङ्क : धमाधम बर्खास्तीमा पर्दै न्यायाधीश

दस दिनमै पाँच न्यायाधीश बर्खास्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
judicial-council-in-nepal.jpg

काठमाडौं । थप दुई न्यायाधीशलाई न्यायपरिषद्ले बर्खास्तको सिफारिस गरेको छ। न्यायपरिषद्ले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा कार्यरत राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौंमा कार्यरत अनिलकुमार शर्मालाई बर्खास्तको सिफारिस गरेको हो । 

निधिविरुद्ध उच्च अदालत राजविराजमा रहँदा आर्थिक चलखेलमा मुद्दा छिनेको उजुरी थियो भने शर्मामाथि पनि जिल्ला अदालत सिराहामा रहँदा मुद्दा फैसला गर्दा चलखेल गरेको आरोप लागेको थियो। 

न्यायाधीशको बर्खास्तीलाई प्रधानन्यायाधीशले सदर गरेपछि उनीहरू पदमुक्त हुनेछ। योसँगै परिषद्ले दस दिनमै पाँच न्यायाधीशलाई बर्खास्त गरेको छ ।

यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत रेणुका शाह र नसरुल्लाह अन्सारी जिल्ला अदालत बर्दियामा कार्यरत लोकजङ्ग शाहलाई बर्खास्तको सिफारिस गरेको थियो। 

बर्खास्तमा परेका शाह, अन्सारी र निधि कानुन व्यवसायीबाट उच्च अदालतमा प्रवेश गरेका थिए । शाहमाथि संविधानले तोकेको योग्यता नै नपुगेको भन्दै परिषद्ले हटाएको हो। निधि र अन्सारीमाथि आर्थिक चलखेल र खराब आचरणको उजुरीमा कारबाही गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ