कांग्रेस केन्द्रीय सदस्य मोहन आचार्यको आग्रह – जनभावना बमोजिम काम गर्नुस्
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
2.2k
Shares
रसुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य मोहन आचार्यले जनसरोकारका मुद्दालाई प्राथमिकता दिन रसुवाका स्थानीय जन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले स्थानीय तहको निर्वाचन २०७९ मा विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ तथा सम्मान गर्न रसुवाको धुन्चेमा आयोजना गरेको कार्यक्रमा कांग्रेस केन्द्रीय सदस्य आचार्यले स्थानीय सरकारसँग जनताका धैरै अपेक्षाहरु रहेको हुनाले गाउँको विकासलाई केन्द्रमा राखेर स्थानीय सहभागितामै आयोजनाहरु अगाडि बढाउन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
कार्यक्रममा पार्टीका जिल्ला सभापति पेम्बा छिरिङ तामाङ, बागमती प्रदेश सभा सदस्यद्वय प्रभात तामाङ र प्रेम तामाङ,लामा कार्पु तामाङ र उपेन्द्र लम्साल सहितका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
जनप्रतिनिधिहरुलाई बधाई पत्र प्रदान गरी आगामी पाँच वर्ष जनताको सेवामा कार्य गर्नसमेत उनीहरुले निर्देशन दिए । कार्यक्रममा उपस्थित नेताहरुले आ–(आफ्नो धारणा व्यक्त गर्दै स्थानीय तहको निर्वाचनको समीक्षा तथा आगामी संघ र प्रदेशको निर्वाचन केन्द्रित रहेर सङ्गठन विस्तारलाई तीव्रता दिनुपर्ने धारणा राखे ।