arrow

मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
bike-accident.jpg

गोदावरी । कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

गौरीगङ्गा नगरपालिका-९ शङ्करपुरमा गए राति सुपप्र ०१-००९ प ७८९१ र से७प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा से७प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो । 

उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही मोटरसाइकलमा सवार कैलाली गाउँपालिका-८ का २० वर्षीय आशिष् कठरियाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । 

दुर्घटनामा सुपप्र ०१-००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा-९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् । चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जनकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ