arrow

अन्तर्घातको छानबिन गर्न माओवादीले बनायो समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
maoist-cpn.jpg

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्न समिति बनाएको छ ।  स्थायी समिति बैठकले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको भन्दै छानबिन समिति बनाएको छ । 

अनुशासन आयोगका अध्यक्ष टङ्क राईको संयोजकत्वमा तीन सदस्यी समिति गठन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिए । समितिको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेका छन् । 

केन्द्रीय समिति बैठकमा पार्टी केन्द्रीय सदस्यहरूले नै चुनावमा सहयोग नगरेको उम्मेदवारलाई घात गरेको कुरा उठेपछि स्थानीय समिति बैठकले छानबिन समिति गठन गरेको प्रवक्ता महराको भनाइ छ । 

महराले भने,' पहिलो निर्णय स्थानीय निर्वाचनमा घातअन्तर्घात भयो पार्टीभित्रबाटै, जसमा केन्द्रीय सदस्यसम्मका नाम आएकाले त्यसका लागि छानबिन समिति बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ