arrow

फिर्ता भएका अधिकांश मन्त्रीको हरायो नेपालसँग बोलचाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौं । मन्त्री पद खुस्किए पछि नेकपा एकीकृत समाजवादीका नेताहरूसँग बोल चाल हराएको अध्यक्ष माधवकुमार नेपालले गुनासो गरेका छन् ।  बुधवार एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

अध्यक्ष नेपालले मन्त्रीबाट फिर्ता भएदेखि अधिकांश मन्त्री पार्टीको बैठकमा समेत सहभागी नभएको गुनासो गरे । उनले भने,' फिर्ता भएका मन्त्रीले आफू र नेताहरूसँग बोलचालसमेत गर्नुभएको छैन।' 

एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठकमा फिर्ता भएका अधिकांश मन्त्री पुगेका थिएनन् । नेताहरू प्रेम आले र किसान श्रेष्ठ बैठकमा जाँदै गएनन् । रामकुमारी झाँक्री एक दिन पुगेकी थिइन् । बैठकमा विरोध खतिवडा भने उपस्थित थिए। 

आठ महिनामै मन्त्री पद छोड्नु परेको भन्दै उनीहरूले असन्तुष्टि जनाउँदै आएका थिए । रामकुमारी झाँक्री रुँदै मन्त्रालयबाट बिदा भएकी थिइन् । भने आले रिसले चुर भएका थिए । 

नेपालले सुरुमै पार्टीले मन्त्रीको नाम सिफारिस गर्दा छ महिनाका लागि मात्रै हो भनेर पठाए पनि मन्त्रीले समय सकिएपछि फिर्ता बोलाएको सुन्न नै नचाहेको बताए। 

उनले सरकारमा सहभागी भएका सबै मन्त्रीले आफूलाई छ महिनाका लागि मात्रै सरकारमा पठाएको हो भनेको सुन्न मन भएको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ