एक सय दश राष्ट्रमा कोरोना बढिरहेको डब्ल्यूएचओको चेतावनी, ओमिक्रोन ट्रयाक गर्न मुस्किल
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
703
Shares
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्ल्यूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ ।
‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड १९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोनलाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने ।