arrow

माधव नेपाल पार्टीको शक्ति नाप्दै, साउनसम्म देशैभरका पालिकामा पहुँच, यस्तो छ अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
madhav-kumar-nepal-cpn-us.jpg

काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी (एसओ पार्टी) ले अहिलेसम्म आफ्नो शक्ति कति हो भन्ने यकिन गरेको छैन । एमालेमा रहँदा दुईलाइन संघर्षमा रहेका माधव नेपालले गत भदौमा पार्टी विभाजन गरी छुट्टै दल बनाएपछि आफ्नो शक्ति वा पार्टी पंक्ति कति हो भन्ने यकिन गर्न नसकेका हुन् ।  

पार्टी स्थापना भएको करिब १० महिना भएपछि पनि आफ्नो शक्ति कति हो भन्ने अहिलेसम्म कुनै जानकारी नभएको उनले पार्टी पंक्तिमा पेश गरेको प्रतिवेदनमा उल्लेख छ । २०७८ भदौ ९ मा निर्वाचन आयोगले वैधानिकता दिएसँगै नेपालको पार्टी देशब्यापी संगठनात्मक अभियानमा छ । 

अहिले पनि कतिपय पालिका र वडा तहमा माधव नेपालको पार्टी विस्तार भइसकेको छैन । स्थानीय तहको निर्वाचनको बेला पार्टीलाई देशव्यापी बनाउने अभियान नै शुरु भएको थियो । तर एमालेबाट विभाजन भएका कारण त्यहाँ शक्ति आधा हुने अपेक्षा राखे पनि माधव नेपालको त्यो चाहान पूरा भएन जसले गर्दा कतिपय स्थानमा उम्मेदवार पाउन पनि कठिन भयो ।

१५ वर्ष एमालेको नेतृत्व सम्हालिसकेका माधव नेपाल सुक्ष्मरुपमा पार्टी संगठन विस्तार अभियानमा लागे पनि अपेक्षाकृत सफलता हासिल गर्न सकेका छैनन् । तर पनि कतियय सन्दर्भ र गठबन्धन संस्कृतिको घटनाक्रमलाई हेर्ने हो भने एकीकृत समाजवादीले पार्टी गठनको यो छोटो अवधिमै स्थानीय तहको चुनावको सामना गरेको र महानगरपालिकमा माओवादीभन्दा बलियो उपस्थिति देखाएको छ । 

गत बैशाख ३० को स्थानीय तहको चुनावमा एक महानगरपालिका, एक उपमहानगरपालिका प्रमुख सहित २० पालिका प्रमुख वा अध्यक्ष, २३ पालिकामा उपप्रमुख वा उपाध्यक्ष, १९० वडा अध्यक्ष, १८४ महिला सदस्य, १८० दलित सदस्य र ३८९ खुल्ला सदस्य गरी ९८६ जना जनप्रतिनिधिका रुपमा विजयी भएका छन् । त्यसमा गठबन्धन दलका नेताहरुको ठूलो भूमिका रहेको छ । 

नेपालको नयाँ पार्टीले, नयाँ चुनाव चिन्ह लिएर एमालेसँगको पार्टी विभाजन पछिको पहिलो चुनावको सामना गरेको थियो । एकीकृत समाजवादीले देशब्यापी संगठन निर्माण अभियान जारी राखेको छ । 

बाँकी पालिका र वडा कमिटि आगामी साउन मसान्तसम्ममा पूर्णता दिइसक्ने लक्ष्य उसले राखेको छ । यही बीचमा एस पार्टीले पोलिटव्यूरो बैठक, केन्द्रीय कमिटीको बैठक र राष्ट्रिय प्रतिनिधि परिषद बैठक बोलाएको छ । 

सोमबार बसेको पार्टी स्थायी कमिटीको बैठकले १० गते शुक्रबार पोलिटव्यूरो बैठक डाकेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले असार ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । 

केन्द्रीय कमिटीको बैठकको तयारीका लागि एस पार्टीले १० गते पोलिटव्यूरो बैठक बोलाएको हो । एस पार्टीले केन्द्रीय परिषद् र १४ गतेका लागि बोलाएको छ । पार्टी विभाजन भएपछि सो पार्टीले पहिलो पटक केन्द्रीय परिषद् बैठक बोलाएको हो । 

बैठकले अध्यक्ष माधव नेपालको प्रस्ताव पारित गरेको छ। सोमबार सम्पन्न बैठकले अध्यक्ष नेपालको प्रतिवेदन पारित गर्दै ११ बुँदे विशेष प्रस्ताव पारित गरेको छ । त्यही बैठकमा अध्यक्ष नेपालले पार्टीको स्थायी समिति बैठकमा पेश गरेको प्रतिवेदनमा अहिलेसम्म निर्माण भएका संगठनात्मक अवस्थाको फेहरिस्त उल्लेख गरेका छन् । 

एकीकृत समाजवादीले अझै प्रदेश १ का ४० पालिका, मधेस प्रदेशको ६४ पालिका, बागमती प्रदेशको २४ पालिका, गण्डकी प्रदेशको ३० पालिका, कर्णाली प्रदेशको ७ पालिका र सुदुरपश्चिम प्रदेशको १४ पालिकामा संगठन बनाउन बाँकी नै छ । त्यहाँ उसको संगठन बनिसकेको छैन । अबको बैठकपछि त्यहाँ पनि संगठन विस्तार गर्ने तयारी गरेको छ । 

कुन कमिटीमा कति संगठित ?
१, केन्द्रीय तहमा
केन्द्रीय कमिटि सदस्य– ३६८
केन्द्रीय आयोग सदस्य– १०७
केन्द्रीय सल्लाहकार परिषद् सदस्य– १५७
केन्द्रीय जेष्ठ मञ्च सदस्य– ३८
केन्द्रीय परिषद् सदस्य– ११३
केन्द्रीय विभाग– ७५५
केन्द्रीय तहमा जम्मा– १५८३

२, प्रदेश कमिटी
प्रदेश १– २४४
मधेस प्रदेश– १६८
बागमती– २१७
गण्डकी– १३९
लुम्बिनी– १६५
कर्णाली– १७०
सुदुरपश्चिम प्रदेश– १७३
उपत्यका विशेष प्रदेश– ५६
सम्पर्क विशेष प्रदेश– ६३
प्रवाश विशेष प्रदेश– ४१
प्रदेश कमिटिमा जम्मा– १४१६

३० जिल्ला कमिटी
प्रदेश १ (१४ जिल्ला) मा १९१६
मधेस प्रदेश (८ जिल्ला) मा १६७३
बागमती प्रदेश (१३ जिल्ला) मा २२७०
गण्डकी (११ जिल्ला) मा १०२२
लुम्बिनी –
कर्णाली (१० जिल्ला) १५२६
सुदुरपश्चिम प्रदेश (९ जिल्ल) मा १४३५

जिल्ला कमिटीमा जम्मा– ९,८४२
 

४० पालिका कमिटी
प्रदेश १ का ९७ पालिकामा संगठन बनेको छ । त्यहाँ ४५४५ जना संगठित छन् ।

मधेस प्रदेशका ७२ पालिकामा संगठन बनेको छ । त्यहाँ ४४८२ जना संगठित छन् ।

बागमती प्रदेशका ९५ पालिकामा संगठन बनेको छ । त्यहाँ ५२३४ जना संगठित भएका छन् ।

गण्डकी प्रदेशका ५६ पालिकामा संगठन बनेको छ । त्यहाँ १७१७ जना संगठित भएका छन् ।

कर्णाली प्रदेशमा ७२ पालिकामा संगठन बनेको छ । त्यहाँ ३९०६ जना संगठित भएका छन् ।

सुदुरपश्चिम प्रदेशमा ८८ पालिकामा संगठन बनेको छ । त्यहाँ ३६२९ जना संगठित भएका छन् ।

पालिका कमिटिमा जम्मा– २३,५१३

५० वडा कमिटी
प्रदेश १ को ४५१ वडामा कमिटी बनेको छ । ती वडाहरुमा कूलमा १५,५५८ जना संगठित छन् ।

मधेस प्रदेशको ६०० वडामा वडा कमिटी बनेको छ । ति वडाहरुमा कुलमा १७,५२७ जना संगठित छन् ।

बागमती प्रदेशको ७७८ वडामा कमिटी बनेको छ । यद्यपि कूलमा कति संख्याका कार्यकर्ता संगठित भएका छन् भन्ने तथ्यांक केन्द्रीय कार्यालयमा आउने क्रममै रहेकोले यसमा संख्या नखुलाइएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

गण्डकी प्रदेशको २७१ वडामा कमिटी बनेको छ । ती वडाहरुमा कूलमा ६,६२४ जना संगठित छन् ।

कर्णाली प्रदेशको ५०४ वडामा कमिटी बनेको छ । ती वडाहरुमा कुलमा १२, ९२५ जना संगठित छन् ।

सुदुरपश्चिम प्रदेशको ४३६ वडामा कमिटी बनेको छ । ती वडाहरुमा कूलमा ४,९९६ जना संगठित छन् ।

वडा कमिटीहरुमा जम्मा– ५७,६३० 

अझै वडामा प्रदेश १ का ७०६, मधेसको ६७०, बागमतीको ३४२, गण्डकीको ४९२, कर्णालीको २१४ र सुदुरपश्चिमको २१४ वडामा कमिटी बनेको छैन ।

एकीकृत समाजवादीले साउन मसान्तभित्र नबनेका वडा र पालिका तहमा पनि संगठन बनाइसक्ने जनाएको छ ।
केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहसम्ममा गरी अहिलेसम्म नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेशको जिल्ला, पालिका र वडा कमिटीमा संगठितहरु बाहेक देशैभर ९३,९८४ जना संगठित गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ