arrow

सम्पत्ति शुद्धीकरणको आरोपमा राहुल गान्धीसँग ९ घण्टा लामो सोधपुछ, मध्यरातमा पुगे घर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
rahul1.jpg

नयाँ दिल्ली । भारतीय काङ्ग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धीलाई सम्पत्ति शुद्धीकरणको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) ले ९ घण्टा लामो सोधपुछ गरेको छ । 

लामो सोधपुछपछि मङ्गलवार मध्यरातमा राहुल गान्धी घर पुगेका थिए । राहुल गान्धी बिहान ११:०५ बजे ईडीको कार्यालय पुगेका थिए । 

चार घण्टाभन्दा बढी सोधपुछपछि दिउँसो ३:३० बजे राहुल खाजा खान बाहिर निस्केर आफ्नो सरकारी निवासमा गए । करिब एक घण्टा पछि ४.३० मा फेरि ईडीको कार्यालय पुगे। उनीसँग सोधपुछ राती नौ बजेसम्म चलेको थियो ।

ईडीले राहुललाई बुधबार फेरि बोलाएको छ। राहुल गान्धीले ईडैका अधिकारीहरूसँग लामो समयसम्म सोधपुछ पछि बुधबार नबोलाउन अनुरोध गरेका थिए तर ईडीले उनको अनुरोध अस्वीकार गरेको छ ।

काङ्ग्रेसले मङ्गलवार बिहान राहुल गान्धीको लामो सोधपुछलाई राजनीतिक दमन भनेको छ। पार्टी मिडिया विभागका प्रमुख रणदीप सुरजेवालाले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ईडीलाई भाजपाको चुनाव व्यवस्थापन विभाग भनेका छन्।

गान्धी ईडीको कार्यालयमा पुग्नु अघि विपक्षी नेताहरू पार्टी मुख्यालयमा भेला भए र उनको समर्थनमा विरोध शुरु गरेका थिए।

गान्धीसँगै उनकी बहिनी प्रियङ्का गान्धी वाड्रा, काङ्ग्रेस पार्टीका अन्य वरिष्ठ नेताहरू र दर्जनौं कार्यकर्ताले सरकारविरुद्ध नारा लगाएका थिए। सडकमा अराजक दृश्य देखिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ