किसानलाई रासायनिक मल उपलब्ध गराउन सरकारलाई संसद्को विशेष निर्देशन
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
639
Shares
काठमाडौं । किसानलाई रासायनिक मल सहजरूपमा उपलब्ध गराउन संसद्ले सरकारलाई विशेष निर्देशन दिएको छ । प्रतिनिधिसभाको आजको बैठकले कृषकलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मल कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रहेका र हाल प्रमुख बालीका रूपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको जनाए ।
“कूल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरूपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ”, निर्देशनमा भनिएको छ ।