arrow

धनगढी उपमहानगर र भाटभटेनीबीच सम्झौता 

logo
सुनिल आउजी,
प्रकाशित २०७९ जेठ २५ बुधबार
bhatbharen-dhngadi.jpg

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका र भाटभटेनी मार्केटबीच निःशुल्क स्वास्थ्य परीक्षण सेवा कार्यका लागि सम्झौता गरिएको छ । बुधबार धनगढी उपमहानगरपालिकाद्धारा आयोजित पत्रकार सम्मेलन मार्फत उपमहानगरपालिका र भाटभटेनी मार्केटबीच निःशुल्क स्वास्थ्य परीक्षण सेवा कार्यका लागि सम्झौता गरिएको घोषणा गरिएको हो ।

भाटभटेनी मार्केटले धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा प्रत्येक महिना विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले निःशुल्क स्वास्थ्य परीक्षण सेवाका लागि व्यवस्थापकीय जिम्मेवारी लिने भएको छ । 

भाटभटेनीले विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गर्नका लागि दुई जना डाक्टरको मासिक तलब भत्तासहित व्यहोर्ने अध्यक्ष मीनबहादुर गुरुङले बताए । उनले धनगढी उपमहानगरपालिकासँगको सम्झौता तत्कालका लागि ५ वर्षसम्म भए पनि बर्षौसम्म कायम हुन सक्ने बताए । 

अध्यक्ष गुरुङले भाटभटेनीले सुदूरपश्चिमका दूर दराजमा पनि विभिन्न किसिमले सहयोग गर्दै आएको बताए । उनले सेवा नै धर्म हो भन्ने मान्यताका आधारमा आफू सधैँ सेवा गर्न तत्पर रहेको बताए । 

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले दुबै पक्षबीच भएको समझदारीले आगामी आर्थिक वर्षदेखि नै जनताललाई घरदैलोमै निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गर्ने बताए । उनले हाम्रो धनगढी हामी बनाउँछौँ भन्ने नारा सार्थक बनाउन सबैको साथ र समर्थन आवश्यक रहेको बताए । उपमहानगरपालिका एक्लैले मात्र धनगढीको समग्र विकास गर्न नसक्ने भएकोले यहाँको विकासका लागि सबै एक ठाउँमा जोडिन आवश्यक भएको बताए । 

उपमहानगरपालिकाका १९ वटै वडामा सो सेवा प्रदान गरेपछि स्थानीय जनताको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको नगरप्रमुख हमालले बताए । उनले सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाउन जनताले धेरै सास्ती खेप्नु परेको दृश्य सबैले देखेको बताउँदै भाटभटेनीको सो सेवाले जनतालाई राहत मिल्ने उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ