arrow

यस्तो छ जुम्लाको अन्तिम मतपरिणाम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
Jumla_District.png

खलङ्गा । जुम्लाको आठ वटै स्थानीय तहको अन्तिम मतगणना परिमाण सार्वजानिक  भएको छ । मत परिणाम अनुसार जिल्लामा नेपाली कांग्रेसले पाँच र नेकपा माओवादी केन्द्रले दुई र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्  ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पातारासी, गुठीचौर, तातोपानी, हिमा र कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष कांग्रेस विजयी भएको छ । यस्तै तिला र सिंजा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको निर्वाचन अधिकृत महेश न्यौपानेले जानकारी दिए । जिल्लाको एकमात्र एक नगरपालिका चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले विजयी हासिल गरेका छन् । 

त्यस्तै उपाध्यक्षमा कांग्रेसले हिमा, कनकासुन्दरी र चन्दननाथ नगरपालिकामा उपप्रमुखमा जीत हासिल गरेको छ । एकीकृत समाजवादीले जिल्लाको एकमात्र गुठीचौर गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको छ ।

निर्वाचनमा जिल्लामा एमालेले कुनै पनि स्थानमा विजयी हासिल गर्न सकेनन् । सो पार्टीले २०७४ को स्थानीय तहको निर्वाचनमा तिला गाउँपालिकाको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्षमा जितेको थियो । 

माओवादीले २०७४ मा तातोपानी, हिमा र गुठीचौरमा जितेको थियो । अहिले गुमाएको छ । कांग्रेसले चन्दननाथ नगरपालिका २०७४ मा  जितेको थियोे अहिले स्वतन्त्र उम्मेदवारले नगरपालिकामा जितेका छन् । जिल्लामा कांग्रेसले पाँचस्थानीय तह जितेर पहिलो पार्टी बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ