arrow

जुम्लाको चन्दननाथमा स्वतन्त्र उम्मेदवार विजयी 

logo
ईश्वरी प्रसाद देवकोटा,
प्रकाशित २०७९ जेठ ४ बुधबार
rajusing-kathayat.JPG

जुम्ला । जुम्लाको एक मात्र चन्दनननाथ नगरपालिको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वनेका राजुसिंह कठायत विजयी भएका छन् । उपप्रमुखमा भने नेपाली कांग्रेसकी रामदेवी विजयी भएकी छन् । 

प्रमुखमा कठायतले २ हजार ४ सय ३ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पदम बहादुर शाहीले २ हजार ३ सय ४१ मत ल्याएका थिए । 

त्यस्तै उपप्रमुखमा खड्काले २ हजार ८ सय ८ मत ल्याएर विजयी भएकी हुन् । उनको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका भीम थापाले एक हजार ६ सय ८६ मत ल्याएका छन् । 

यसअघि २०७४ को निर्वाचनमा प्रमुखमा कांग्रेसबाट कान्तिका सेजुवाल प्रमुखमा र माओवादीबाट अप्सरादेखि न्यौपाने उप प्रमुखमा विजयी भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ