arrow

छायाँनाथ राराको मेयर-उपमेयरमा कांग्रेसले पुनः मार्‍यो बाजी 

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७९ जेठ ४ बुधबार
chaya-rara.JPG

मुगु । मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकामा कांग्रेसले पुनः बाजी मारेको छ । 

नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार विस्न कुमार भाम र उपप्रमुखका उम्मेदवार ऐश्वर्य मल्लले जित हासिल गरेसँगै नगरपालिकामा कांग्रेसले दोस्रो पटक बाजी मारेको हो । यस अघि २०७४ को स्थानीय चुनावमा पनि कांग्रेसले यो नगरपालिका जितेको थियो ।

मुख्य निर्वाचन कार्यालयका अनुसार नगरप्रमुखका विजेता भामले ४५९९ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार डम्बर रावलले ३८६० मत प्राप्त गरेका थिए । भामले ७३९ मतान्तरको अन्तरले जित हात पारेका थिए ।

यस्तै उपप्रमुखका उम्मेदवार ऐश्वर्य मल्लले ४३२५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी टोमा लामा बुढाले ल्याएको ३७१७ मतमा ६०८ मत बढी ल्याउँदै विजय भएकी थिइन । 

नगरपालिकाका १४ वडाहरू मध्य कांग्रेसले ६ वडा अध्यक्ष सहित ३६ सदस्य जित हासिल गरेको छ भने नेकपा एमालेले ७ वडा अध्यक्ष सहित २९ जना समाजवादीले १ वडा अध्यक्ष सहित २ जना र माओवादीले ३ सदस्यले जितेका छन् । 

वडा नं १ मा पदमराज मल्ल ३ मा नन्द बहादुर रावल,५ मा राजु कामी,७ मा गगन बहादुर शाही,८ मा कर्ण बहादुर रावल र १४ मा जुन बहादुर खड्का नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित बताइएको छ । 

यस्तै २ मा परेगराज चौलागाई,४ मा लक्ष्मी प्रसाद भाम,६ मा खेम रावल,९ मा वृष रोकाया,१० हस्त बुढा १२ आईतराम बुढा,१३ वीर बहादुर खड्का एमालेबाट र वडा नं ११ मा कुन्जुमा कुमाईं नेकपा समाजवादीबाट वडा अध्यक्षमा निर्वाचित भए । 

छायाँनाथ राराको कुल मतदाता १२ हजार ४७७ मतदाता रहेकोमा १० हजार ४४७ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ