arrow

संसदमा बुधबार र बिहीबार प्रि बजेटमाथिको छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
parliament-house.jpg
तस्बिर– फाइल

काठमाडौं । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका लागि यही जेठ ४ र ५ गतेको दिन तोकिएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको, “आर्थिक वर्ष २०७९–८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्”, भनी प्रस्ताव प्रस्तुत गरे । 

सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्तावउपर छलफल गर्न जेठ ४ र ५ गतेको समय निर्धारण गरेका हुन् । बैठकले नेपाली कांग्रेसबाट विसं २०४८ र २०५१ को संसदीय निर्वाचनमा कपिलवस्तु जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित सदस्य विष्णुराज आचार्यको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । 

उनको ७४ वर्षको उमेरमा गत वैशाख १० गते असामयिक निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते बुधबार दिउँसो १ बजे बस्नेछ । 

मंगलबारको बैठकबाटै एमाले पनि संसदमा सहभागी भएको छ । एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएदेखि संसद वहिस्कार गर्दै आएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ