arrow

जनता निराश छन् गठबन्धनले खुशी दिन चाहन्छ – हेमकर्ण पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
hemkarna-poudel-itahari-congress.jpg

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयरका उम्मेदवार हेमकर्ण पौडेलले जनताले परितर्वतन चाहेको उल्लेख गरेका छन् । स्थानीय तहको निर्वाचनका लागि घरदैलो कार्यक्रम सम्पन्न गरेपछि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उनले कार्यक्रम राम्रो भएको भन्दै अब बैशाख ३० गते अमूल्य मतको सदुपयोग गर्न मतदातालाई आग्रह गरेका छन् । 

उनले भने, ‘तयारी राम्रो भएको छ । घरदैलो पनि गरियो । गठबन्धन छ । जित्ने सम्भावना धेरै छ । यसअघि एमालेले थोरै मतभारले जितेको थियो । गठबन्धन लक्ष्यअनुसार नै अगाडि बढेको छ ।’

किन तपाईलाई भोट दिने रु भन्ने प्रश्नमा उनले भने, ‘पहिलो कुरा त विगत ३२ वर्षदेखि यो ठाउँ असहजतामा रुमलिइरहेको छ । भनेको तीन कार्यकाल एमालेले जितेको थियो । आधारभूत कुराहरु हुन सकेका छैनन् । भौतिक पूर्वाधारका कामहरु हुन सकेका छैनन् । इटहरीमा छेडा खोलाले बाढीमा बगाएर बर्सेनि ५–७ जनाको मृत्यु हुन्छ । बाढी प्रभावित क्षेत्रमा नियन्त्रण गर्ने कुरादेखि अस्पतालसमेत छैन । अस्पताल निर्माण गर्नेदेखि थुप्रै सामाजिक कार्यहरु गर्न बाँकी छ ।’

उनले जितका आधारबारे भने, ‘जनताहरु निराश छन् । सबैभन्दा ठूलो आधार जनता परिवर्तनको पक्षमा छन् । निरन्तर एउटै नेतृत्व आएर केही काम नगरेको भन्दै उनीहरुले घरदैलोमा निराशा व्यक्त गरे । केही काम गरेन विगतको नेतृत्वले भनेर हामीसँग गुनासो पोखेका छन् । थिति बदल्नु पर्छ भन्नेमा जनता छन् । कांग्रेस परिवर्तनको सम्बाहक हो । गठबन्धन यही मान्यतामा अगाडि बढिरहेको छ । जनता निराश छन् गठबन्धनले खुशी दिन चाहन्छ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ