arrow

'कहीँ नहुने जात्रा केपी ओलीका पालामा'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
madhavss.PNG

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कहीँ नभएको जात्रा नेकपा एमालेका अध्यक्ष केपी ओलीका पालामा देख्न पाइएको बताएका छन्  ।

पाँच दलीय सत्ता गठबन्धनको काठमाडौँको शान्ति बाटिकामा आयोजित संयुक्त चुनावी आमसभामा बोल्दै  उनले भने ,' कसरी मूलकमा भ्रष्टाचार बढाउने, एकै चोटि एकै ठाउँमा बसेर जम्मै ५७३ वटा पालिका उद्घाटन गर्ने शिलान्यास गर्ने, ५ वर्ष पछि सम्पन्न हुने परियोजनाको आजै उद्घाटन गर्ने कहीँ नहुने जात्रा केपी ओलीका पालमा हामीले देख्न पायौ ।' 

नेपालले वर्तमान समयमा गठबन्धन आवश्यक रहेको बताए । उनले गठबन्धन गरेर जानुको विकल्प नरहेको बताए ।  गठबन्धनको आवश्यकता छ छैन भन्ने धेरैमा भ्रम छ । कसैलाई त एक्लै जाँदा हुन्छ भन्ने पनि लागेको छ ।  उनले भने,' प्रगतिशील र बाम लोकतान्त्रिक गठबन्धन छ अर्को भनेको प्रतिगामी दक्षिणपन्थी गठबन्धन छ । दक्षिणपन्थी गठबन्धन को नेतृत्व नेकपा एमालेका अध्यक्ष ओलीले गरेका छन् । जहाँ राप्रपा जस्ता राजावादी शक्तिहरू त्यो गठबन्धनमा छन् परिवर्तन विरोधीहरू त्यसमा छन् ।'  

उनले प्रगतिशील गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे । 'संविधान जोगाउनेहरू समाजवादको बाटोमा अघि बढेकाहरू यसमा छन् ।  तपाईँहरू  प्रगतिशील गठबन्धनको पक्षमा मतदान गर्नुस् ।  '

'मानिसले ठानेका थिएनन् शासकलाई फाल्न सकिएन भनेर तर सकियो । हामीले देखायौ ।  संविधान बनायौ सङ्घीयता ल्यायौ । जनताका चाहना अनुसार । इतिहासका सबै मोडमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले सहकार्य गरेका छन् ।' उनले भने



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ